back

कतारमा सहोदर दुई नेपाली दाजुभाइलाई इनाम

वि.सं.२०७५ असोज १५ सोमवार

303 

shares
GLOBAL IME AD
NTC AD

शिवराज गौतम, दोहा–कतार

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाइ छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् ।

सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्ये छटट बहादुर कार्पेन्टर, मेसन, स्काफोल्डर, स्टील फिक्स्चर लगायतको काममा दक्षता हासिल गरी सक्षम ट्रेड वर्कर भइसकेका छन् ।

नेपालमा एउटा गार्मेन्ट कम्पनीमा काम गरिरहेका दुई छोरा र चार छोरीका बाबु छटटबहादुर आफनो आर्थिक अवस्थामा सुधार नभएपछि उनी अल नासर कम्पनीमा आएका हुन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका छटट बहादुरले कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराइभुमीमा भएजस्तो पनि नलागेको बताए ।

यस कम्पनीमा आएपछि आफनो आर्थिक अवस्था समेत सुधार भएको र सम्पुर्ण सिप पनि जानेको बताउदै छटट बहादुरले आफुले प्राप्त गरेको इनाम रकम २०७२ को भुकम्पले भत्काएको घर मर्मतसम्भारमा खर्च गर्ने बताए । छटट बहादुरका विवाहित एउटा छोरा नेपालमै जागिर खादैछन् भने कान्छो छोरो गाउकै राम्रो विद्यालयमा अध्ययन गरिरहेका छन् । उनले आफना सवै छोरीको पनि विवाह गरिदिइसकेका छन् ।

अर्का १५ हजार रियाल इनाम पाउने भाग्यमानी छटटबहादुरका भाइ सोम बहादुरपनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले सोमबहादुर स्काफोल्डीङका टिम लिडर भइसकेका छन् सोम बहादुरले नजानेको काम केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेका छन् ।

अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना दुई बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउमै नया घरजग्गा समेत जोडी सकेकाछन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको सोमबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । यो रकम आफनो लागि ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराहरुको पढाइमा खर्च गर्ने उनले बताए ।

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको दुवै दाजुभाईले भनाई थियो ।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्का, इनामहरुबाट लाभान्वित भइकाछन् ।

कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् । उनले २०७२ को विनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैयाभन्दा बढी रकम समेत कम्पनीका मालिकले सहयोग दिएका थिए ।

वि.सं.२०७५ असोज १५ सोमवार १६:१७ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...