back

रिदम घिसिङ र आकाश तामाङ मिस एण्ड मिस्टर किड्स ‘२०१८’

वि.सं.२०७५ असोज १५ सोमवार

597 

shares

१५ असोज, काठमाडौँ ।यस वर्षको मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ रिदम घिसिङ र आकाश तामाङले जितेकाछन । सन साइन प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा दुई वटा उमेर समुहका प्रतियोगिहरुको सहभागिता रहेको थियो । जसमा ८ देखी १२ बर्ष उमेर समूह सम्मका प्रतियोगिहरुका लागि ग्रुप ‘‘ए’ र १२ देखी १४ बार्ष उमेर समुहसम्मका लागि ग्रुप ‘‘बी’ छुट्याइएको थियो । ग्रुप ‘ए’ बाट आकाश विजयी भए भने ग्रुप ‘‘बी’ बाट रिदम विजयी भएकी हुन । दोस्रोमा ग्रुप ‘ए’ बाट आकृती भित्रकोटी र पलिस्था प्रजापती ग्रुप ‘बी’ बाट विजयी भएकी छिन् । त्यस्तै ग्रुप ‘ए’ बाट तेस्रो स्थानमा खुसी शाही र एजेन गूरुङ ग्रुप ‘बी’ बाट विजयी भएका छन ।

उक्त प्रतियोगितामा सहभागीता जनाएकाहरुलाई विभिन्न शिर्षकका उपाधी प्रदान गरिएको थियो । युवा नेता तथा समाजसेवी जगत बहादुर गूरुङले प्रतियोगिताका विजेताहरुलाई ताज पहिर्याएका थिए । कार्यक्रममा विशिष्ट अतिथी हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु१५ हजार,ट्रफी र प्रमाणपत्र दोस्रो हुनेलाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद रु ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले बालबालिकाको बृहत्तर विकासमा यस्ता किड्स आईकनहरुको आयोजना प्रभाबकारी हुने बताए। उनले भने ‘बालबालिका नै भविष्यका कर्णधार हुन, सबैले उनिहरुमा लगानी गर्नुपर्छ’ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अतिथी सिलवालले पनि कार्यक्रममा मन्तव्य राखेका थिए । सनसाईन प्रोडक्सन हाउसका निर्देशक प्रमिला तामाङले कार्यक्रमको सभापतीत्व ग्रहण गरेकी थिईन । कार्यक्रममा संयोजक, प्रमुख निर्णायक तथा सञ्चालकको रुपमा क्रमशः नारायण लामा, पुरुषोतम मल्लिक तथा सञ्चारकर्मी एम जी तामाङ रहेका थिए । विभिन्न संस्थाहरुले प्रायोजन गरेको कार्यक्रममा कोरियोग्राफरको रुपमा मोडल अफ दी वल्र्ड दिक्पाल कार्की रहेका थिए ।

वि.सं.२०७५ असोज १५ सोमवार १७:०७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...