back

रिदम घिसिङ र आकाश तामाङ मिस एण्ड मिस्टर किड्स ‘२०१८’

वि.सं.२०७५ असोज १५ सोमवार

657 

shares

१५ असोज, काठमाडौँ ।यस वर्षको मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ रिदम घिसिङ र आकाश तामाङले जितेकाछन । सन साइन प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा दुई वटा उमेर समुहका प्रतियोगिहरुको सहभागिता रहेको थियो । जसमा ८ देखी १२ बर्ष उमेर समूह सम्मका प्रतियोगिहरुका लागि ग्रुप ‘‘ए’ र १२ देखी १४ बार्ष उमेर समुहसम्मका लागि ग्रुप ‘‘बी’ छुट्याइएको थियो । ग्रुप ‘ए’ बाट आकाश विजयी भए भने ग्रुप ‘‘बी’ बाट रिदम विजयी भएकी हुन । दोस्रोमा ग्रुप ‘ए’ बाट आकृती भित्रकोटी र पलिस्था प्रजापती ग्रुप ‘बी’ बाट विजयी भएकी छिन् । त्यस्तै ग्रुप ‘ए’ बाट तेस्रो स्थानमा खुसी शाही र एजेन गूरुङ ग्रुप ‘बी’ बाट विजयी भएका छन ।

उक्त प्रतियोगितामा सहभागीता जनाएकाहरुलाई विभिन्न शिर्षकका उपाधी प्रदान गरिएको थियो । युवा नेता तथा समाजसेवी जगत बहादुर गूरुङले प्रतियोगिताका विजेताहरुलाई ताज पहिर्याएका थिए । कार्यक्रममा विशिष्ट अतिथी हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु१५ हजार,ट्रफी र प्रमाणपत्र दोस्रो हुनेलाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद रु ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले बालबालिकाको बृहत्तर विकासमा यस्ता किड्स आईकनहरुको आयोजना प्रभाबकारी हुने बताए। उनले भने ‘बालबालिका नै भविष्यका कर्णधार हुन, सबैले उनिहरुमा लगानी गर्नुपर्छ’ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अतिथी सिलवालले पनि कार्यक्रममा मन्तव्य राखेका थिए । सनसाईन प्रोडक्सन हाउसका निर्देशक प्रमिला तामाङले कार्यक्रमको सभापतीत्व ग्रहण गरेकी थिईन । कार्यक्रममा संयोजक, प्रमुख निर्णायक तथा सञ्चालकको रुपमा क्रमशः नारायण लामा, पुरुषोतम मल्लिक तथा सञ्चारकर्मी एम जी तामाङ रहेका थिए । विभिन्न संस्थाहरुले प्रायोजन गरेको कार्यक्रममा कोरियोग्राफरको रुपमा मोडल अफ दी वल्र्ड दिक्पाल कार्की रहेका थिए ।

वि.सं.२०७५ असोज १५ सोमवार १७:०७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...