back

बस दुर्घटनामा १ को मृत्यु ११ घाइते

वि.सं.२०७५ असोज १५ सोमवार

399 

shares
GLOBAL IME AD
NTC AD

१५ असोज, धनगढी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उपचारार्थ पद्मा अस्पतालमा भर्ना गरिएका घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो ।

वि.सं.२०७५ असोज १५ सोमवार १८:११ मा प्रकाशित

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल...

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २३ जना पक्राउ

काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २३...

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...