back

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

वि.सं.२०७५ असोज १५ सोमवार

330 

shares
GLOBAL IME AD
NTC AD

The first female president of Federal Republic of Nepal.१५ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औंल्याएकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा २८ औं ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिने बताइन् । उनले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएकी थिइन् ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधान जारी भएपछि तीनै तहको निर्वाचनबाट राजनीतिक स्थिरता आएको हुँदा अब यसलाई अवसरका रुपमा लिई सबै मिलेर देश विकास गर्नुपर्ने बताइन् ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा गर्न आग्रह गरे ।
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले ज्येष्ठ नागरिकले आफ्नो हातखुट्टा चलेसम्म आफ्ना ज्ञान र सीपलाई उपयोगमा ल्याइरहनु पर्ने बताए । नागरिक अगुवा डा गौरीशङ्करलाल दास प्रधानले आफ्ना ज्ञान, सीप र अनुभवलाई उपयोगमा ल्याउन सरकारसँग आग्रह गरेका थिए ।

महिला मन्त्रालयका सहसचिव वीरबहादुर राईले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनका क्रममा रहेको जानकारी दिए । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने छ । पछिल्लो तथ्याङ्कानुसार नेपालमा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या करीब २५ लाख छ ।

वि.सं.२०७५ असोज १५ सोमवार १९:११ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...