१६ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्नेवित्तिकै चारैतिर रंगी विरंगी बगैचा बनाइएको छ । बगैंचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्य सहितको ल्याण्डस्केप (बगैचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
त्यस्तै बगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिन्छ ।
सरकारले दुईवर्षअघि नै बालुवाटारमा बगैचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसको नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ ।
वि.सं.२०७५ असोज १६ मंगलवार ०८:०२ मा प्रकाशित