१६ असोज, काठमाडौं । डी आई (डाक्टाइन आइरन) पाइप फिटिङका समान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रुपैयाँ घोटाला गरेको छ । संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐन विपरीत अनियमितता गरेको तथ्य भेटिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालय छानविन समितिको प्रतिवेदनले औल्याएको छ । ठेक्का दिने प्रक्रिया देखि ठेक्का लिएर काम गर्दा सम्म स्वार्थ राखेर बदनियतपूर्ण काम भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
खानेपानी मन्त्रालयका कानु उपसचिव गुणराज श्रेष्ठको संयोजकत्पमा गठित पाँच सदस्यीय समितिले आर्थिक चलखेलका लागि सार्वजनिक खरिद ऐन विपरीत काम गरेको ठहर गरेको छ ।
वि.सं.२०७५ असोज १६ मंगलवार ०८:११ मा प्रकाशित
























