
१६ असोज, काठमाडौं । दसैंका लागि पालो कुनुनपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैं अबधिभरी पालो नियम हटाइएको हो । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले दसैंको यात्रा सहज बनाउनका लागि सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति निकालेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
‘कतिपय ठाउँका यात्रुवस एक हप्तासम्म पालो कुरेर छुट्ने गर्छन् । तर, दसैंभर त्यसरी पालो कुर्नु पर्दैन ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।
विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैंको चापलाई लक्षित गरेर पालो बस्नु नपर्ने व्यवस्था गरिएको हो ।
वि.सं.२०७५ असोज १६ मंगलवार ०८:२९ मा प्रकाशित






























