back

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

वि.सं.२०७५ असोज १६ मंगलवार

312 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, स्कोप्ज । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ ।

निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१.३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् । नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केबल ५.७ प्रतिशत मत आएको थियो ।

म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए ।

मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पु¥याउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्नेछ । साथै, यसलाई ग्रीसको संसद्ले समेत अनुमोदन गर्नुपर्नेछ ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:३७ मा प्रकाशित

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...