back

युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो

वि.सं.२०७५ असोज १६ मंगलवार

585 

shares

१६ असोज, ब्रसेल्स ।  युरोपेली क्षेत्र (युरोजोन)मा आवद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८.१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।

युरोस्टाटका अनुसार वित्तीय सेवासम्बन्धी फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणले अनुमान गरेको ८.२ प्रतिशतभन्दा यो केही कम हो । पछिल्लो सर्वेक्षणले युरोजोनमा सकारात्मक सङ्केत देखा परेको विश्लेषकले बताएका छन् ।

युरोस्टाटले २८ सदस्यीय युरोपेली युनियनमा एक करोड ६६ लाख काम गर्ने उमेरका युरोपेलीले रोजगारी पाउन नसकेको जनाएको छ । यीमध्ये एकल मुद्रा प्रयोग गर्ने युरोजोनका मुख्य १९ वटा देशमा एक करोड ३२ लाख व्यक्ति बेरोजगार छन् ।

युरोजोनमा बेरोजगारी दर घट्दैछ । सन् २०१३ को अप्रिल र जुन महिनामा यो दर १२.१ प्रतिशतसम्म पुगेको थियो । सन् २००७–२००८ को वित्तीय सङ्कट अघि युरोजोन राष्ट्रमा बर्सेनि औसतमा ७.४ प्रतिशतको बेरोजगार दर रहेको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:३९ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...