back

युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो

वि.सं.२०७५ असोज १६ मंगलवार

351 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, ब्रसेल्स ।  युरोपेली क्षेत्र (युरोजोन)मा आवद्ध १९ वटा मुलुकको बेरोजगारी दरमा गत अगष्ट महिनामा ८.१ प्रतिशतले कमी आएको छ । विश्व आर्थिक सङ्कट पश्चात् सन् २००८ नोभेम्बर यताकै यो सबैभन्दा बढी हो ।

युरोस्टाटका अनुसार वित्तीय सेवासम्बन्धी फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणले अनुमान गरेको ८.२ प्रतिशतभन्दा यो केही कम हो । पछिल्लो सर्वेक्षणले युरोजोनमा सकारात्मक सङ्केत देखा परेको विश्लेषकले बताएका छन् ।

युरोस्टाटले २८ सदस्यीय युरोपेली युनियनमा एक करोड ६६ लाख काम गर्ने उमेरका युरोपेलीले रोजगारी पाउन नसकेको जनाएको छ । यीमध्ये एकल मुद्रा प्रयोग गर्ने युरोजोनका मुख्य १९ वटा देशमा एक करोड ३२ लाख व्यक्ति बेरोजगार छन् ।

युरोजोनमा बेरोजगारी दर घट्दैछ । सन् २०१३ को अप्रिल र जुन महिनामा यो दर १२.१ प्रतिशतसम्म पुगेको थियो । सन् २००७–२००८ को वित्तीय सङ्कट अघि युरोजोन राष्ट्रमा बर्सेनि औसतमा ७.४ प्रतिशतको बेरोजगार दर रहेको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:३९ मा प्रकाशित

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...