back
CTIZAN AD

भूकम्पबाट एक हजार बढीको मृत्यु  राष्ट्रपतीबाट सहयोगको आह्वान  

वि.सं.२०७५ असोज १६ मंगलवार

612 

shares

 

१६ असोज, पालु, इन्डोनेसिया ।  इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ ।

यस भूकमपछि अन्तरराष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ ।

उद्धारकर्मीले भूकम्पबाट भत्किएका घरको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको अधिकारीले जनाएका छन् ।

 

यद्यपी सरकारी तथ्याङ्कअनुसार भने यो सङ्ख्या ८३२ पुगेको बताइएको छ । भूकम्प गएको चार दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुनसकेको छैन । घरका भग्नावशेषबाट जिवीतै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतक बढ्नसक्ने जनाइएको हो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तरराष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् । मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौँ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाइ छ ।

अस्पतालका भवनमा पनि क्षति भएकाले खुल्ला ठाउँमा त्रिपाल टाँगेर घाइतेको उपचार भइरहेको छ । इण्डोनेशियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौँ मानिस हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

 

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:४७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...