back
CTIZAN AD

हरेक दिन पाँचहजारले भेनेजुयला छोड्छन् -राष्ट्रसङ्घ

वि.सं.२०७५ असोज १६ मंगलवार

735 

shares

१५ असोज, जेनेभा ।  भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् ।

“मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ,” राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताए ।

“विस्थापित हुनेहरू बढ्दै गइरहेकाले उनीहरूलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै मात्रै सुरु भएको छ,” उनले थपे ।

मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी श्रोतहरूलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ ।

भेनेजुयलालाई अहिले विभिन्न प्रकारका धेरै सहयोगहरूको खाँचो रहेको समाचारमा जनाइएको छ ।

तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०९:११ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...