back

सीमापारिका बजारमा नेपाली उपभोक्ताको मोह

वि.सं.२०७५ असोज १७ बुधवार

504 

shares

१७ असोज, नेपालगञ्ज । दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई-चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ ।

भारतीय बजार रुपैडियामा नेपालगञ्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई÷चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले पनि रुपैडिया बजार रोजाइँमा पर्ने गरेको हो’ नेपालगञ्ज–१९ की लक्ष्मी बोहराको भनाइ छ ।

सीमापारि भारतीय बजार रुपैडियाबाट ल्याएको रु १०० भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन पाइँदैन् । तर, यो नियम व्यवहारमा लागू भएको छैन । भन्सार कार्यालयसँग नेपालगञ्जका व्यापारीको गुनासो पनि यही नै हो । “हामीले हजारौँ पटक, नियममा कडाइ गर्नुस् भनेका छांैँ, तर नेपालगञ्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि कस्को के लाग्छ” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ ।

अध्यक्ष वैश्य भन्छन्, “बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडियाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडियाभन्दा पनि यहीँ सस्तो पर्न जान्छ । तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचलाई हामीले परिवर्तन नै गर्न सकेनौँ ।”

यही सोच परिवर्तन गर्न र नेपाली बजारप्रति उपभोक्तामा जागरण ल्याउन नेपालगञ्जका केही व्यापारी मिलेर नेपालगञ्जमा यसवर्ष दशैँ सस्तो बजार सञ्चालनमा ल्याउने भएका छन् ।

असोज २४ गतेदेखि ३० गतेसम्म नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा यहाँका व्यापारीले दशैँं सस्तो बजार सञ्चालन गर्ने भएका हुन् । दशैंँ सस्तो बजारमा स्थानीय उत्पादनका वस्तुमा १० देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजक नेपालगञ्ज वितरण सङ्घका कोषाध्यक्ष उपकार टण्डनले बताए ।

दशैँं सस्तो बजार सञ्चालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घले सघाएको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार १४:२३ मा प्रकाशित

Himalayan Life AD
यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

यी हुन् प्रतिनिधिसभाका लागि पाल्पा कांग्रेसबाट सिफारिस २१ उम्मेदवार

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...