back

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

वि.सं.२०७५ असोज १७ बुधवार

267 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएको छ । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नु हुनेछ । त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछ ।

विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुई पटक उत्तर कोरियाली नेता किमलाई भेटिसकेको छ । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिइआएको छ ।

यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेको थियो । तर सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेको थियो ।

कमै मात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो । त्यसक्रममा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो ।

वि.सं.२०७५ असोज १७ बुधवार १६:३७ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...