१८ असोज, काठमाडौँ । संसदको दुई तिहाई बहुमतले प्रधानमन्त्री ओली नेृतत्वको सरकार गठन भएको ८ महिना पुरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन गरिएको छ । यसमध्ये ९ पटक निगमले मूल्य बढाएको छ । १० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टितेल मूल्य र्एक पटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने ९ पटक स्थिर रह्यो एक पटक मात्रै बढेको छ ।
२० फागुन ०७४ मा प्रतिलिटर १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँले बढेर अहिले ११४ पुगेको छ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँबाट बढेर १०१ पुगेको छ । यी दुवैमा प्रतिलिटिर १६ रुपैयाँले वृद्धि भएको हो । १३७५ रुपैयाँ पर्ने ग्यासको मूल्य बढेर १४०० पुगेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १८ बिहीवार ०७:४१ मा प्रकाशित