back
CTIZAN AD

‘बा’

वि.सं.२०७५ असोज १८ बिहीवार

696 

shares

बा,
तिमीले लगाएको इष्टकोटले
खाएको घाम पानीको इतिहास
तिम्रो टोपीमा
पोतिएको पसिना, पीर र माटोको इतिहास
मैले कसरी बुझु बा ?
उमेर अगाडि चाउरिएका तिम्रा गाला
समयको घामले सेकेर
पाकेको तिम्रो कपाल
अनुभवको फराकिलो छाति फुकाएर
हिड्ने तिम्रा ति गजबका पाइला
तिम्र साच्चै अजिबका थियौ ‘बा’
अगेनाको छेउमा भात खादा खादैं
मलाई हपारेर
आगनमा पुगेर आमासँग
खास खुस गर्दै भन्थ्यौं–
हेर त बुढी यो पुर्णिामाको जुन कति राम्रो
ठ्याक्कै हाम्रो छोरा हाँसेजस्तै हाँसेको
हो बा
तिमी गजबका थियौं
जुगौं तिमीले इष्टकोट लगायौं
एउटै सुरुवाल, कमिज र टोपीमा
तिमीले आफ्नो जिन्दगी कटायौं
तर, तिमीले
कहिल्यै आमाको धोती पुरानो हुन दिएनौं
आफ्नो छोराको
खुसी कहिल्यै अधुरीन दिएनौं
बा,
अहिले म तिम्रो,
त्यहि पुरानो इष्टकोट हेरिरहेको छु
तिम्रो टोपिमा,
मैले तिम्रो इतिहास खोजिरहेको छु ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:५१ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...