back

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेदवारी

वि.सं.२०७५ असोज १८ बिहीवार

642 

shares

१८ असोज भियतानाम । भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएको छ ।

बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी मात्रै एक्लै उम्मेदवार बनेको समाचारमा जनाइएको छ । भियतनाममा उनलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

कम्युनिष्ट पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गरेको हो । उनलाई तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेदबार बनाउने घोषणा गरिएको थियो ।

“उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,” पार्टीको आधिकारीक वेबसाइटमा लेखिएको छ ।

देशको राष्ट्रियसभाले उनको उम्मेदवारीलाई स्वतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । पार्टी र सरकारको शक्तिशाली पदमा एकैपटक पुग्नेमध्ये उनी पनि एक भएको छ ।

लामो राजनीतिक यात्रा गरेका ट्रोङ अहिले ७४ वर्षको भएको छ भने उनले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिष्ट पार्टीको विश्वास छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार १३:१४ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...