back

पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश

वि.सं.२०७५ असोज १९ शुक्रवार

561 

shares

१९ असोज ढाका ।  बङ्लादेशको एउटा उच्च अदालतले पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ ।

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी जिया लामो समयदेखि विरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार सरकारलाई आदेश दिएको हो ।

न्यायाधिश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको अधिकारीहरूले जनाएका छन् ।

पुर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए ।

केही हप्ता पहिले नेतृ जियाले आफु अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बताउनु भएको थियो । त्यसपछि उहाँका समर्थकहरू थप आक्रोसित भएका थिए ।

पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षकी जिया कारागार भित्र ह्लिचियरबाट आवात जावत गर्ने गरेकोे देखिएको थियो ।

अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् । उनले केही हप्ता पहिलो भनेकी थिइन्, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।”

उनले थप भनेकी थिइन्, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।”

बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छन् ।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एककोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले नेत्री जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १०:३४ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...