back

नबिल बैंकको कार्ड प्रयोगकर्तालाई क्यान्सर अस्पतालमा विशेष छुट

वि.सं.२०७५ असोज १९ शुक्रवार

429 

shares

१९ असोज, काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष सुविधा पाउने भएका छन् ।

नबिल बैंक, नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र बिच भएकोे एक सम्झौतामा नविल बैंकका कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रबाट विभिन्न सेवा पाउने बताइएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«ले रेडियोविज्ञान (रेडियोलोजी) प्रयोगशाला तथा बेड शुल्कमा १० प्रतिशत विशेष छुटका साथै विकिरण चिकित्सा (Radiation Therapy) र (Brach Therapy) मा ५ प्रतिशतको विशेष छुट प्रदान गरिने पनि बताइएको छ । बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत उनीहरुको दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा समेत सो सुविधा प्राप्त गर्न सकिनेछ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।’ बैंकका प्रमुख खुद्रा बैंकिङका निरज शर्माले भनेका छन् ‘नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र जस्तो उत्कृष्ट व्यवस्थापन र गुणस्तरिय सेवा प्रदान गर्ने क्षमता भएको अस्पतालसंग सहकार्य गर्न पाउँदा हामीलाई खुशि लागेकोछ ।’

आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न निरन्तर रुपमा कार्यरत रहेको बताउने बैंकले यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापीस्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १२:०३ मा प्रकाशित

Himalayan Life AD
एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

 काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...