२० असोज, भक्तपुर । सिन्धुपाल्चोक चौताराका ६० वर्षीय हर्क बहादुर तामाङको देब्रे स्तनमा ७ वर्षदेखि सानो गिर्खा देखियो । तर त्यतिबेला उनले खासै वास्ता गरेनन् । ४ महिना अघि भने एक्कासी बढ्यो र दुख्न थाल्यो । उनलाई छोरी रेनुले भक्तपुर क्यान्सर अस्पताल पु¥याएर सर्जिकल अन्कोलोजिस्टलाई भेटाइन् । अस्पतालमा स्क्रिनिङ, म्यामोग्राम गराइन् । चिकित्सकले स्तनमा क्यान्सर फैलिएको छ÷ छैन प्रस्ट पारे । ‘बुबाको स्तनको पूरै भाग निकाल्नु पर्यो,’ उनले भनिन् । हर्क बहादुर स्तन अप्रेसन गरी २२ दिनदेखि अस्पतालमा थप उपचार गराइरहेका छन् । ‘शरीरमा कुनै गिर्खा आयो भने क्यान्सको संकेत भन्ने सुनेकी थिएँ र बुवालाई क्यान्सर अस्पताल ल्याएँ,’ रेनुले भनिन् ।
हर्क बहादुर मात्र होइन, ६ महिना यता ४ पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा उत्सव मान श्रेष्ठ बताउँछन् । मुलुकमा दोश्रो ठूलो समस्याका रुपमा देखिएको स्तन क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सक बताउँछन् । आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७५ असोज २० शनिवार ०८:११ मा प्रकाशित