२० असोज, काठमाडौं । चिनीको बजार मूल्यको विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयवीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मुल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद बढेको देखिएको हो । बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्रि मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । बिहिबार समितिले ६३ रुपैयाँ तोक्न पत्र पठाएपछि दुई निकायबीच विवाद देखिएको आजकोे कान्तिपुर दैनिकमा समाचार छ ।
‘समितिबाट चिनीको भाउ ६३ रुपैयाँ तोक्न पत्र आएको छ । भाउ कार्यान्वयन गर्ने हैसियत मन्त्रालयको छैन । हाम्रो औकातको विषय होइन,’ आपूर्ति मन्त्री मातृका यादवले भने, ‘पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्छु । प्रधानमन्त्रीको निर्देशनपश्चात कार्यान्यवयन हुन सक्छ ।’
वि.सं.२०७५ असोज २० शनिवार ०८:२३ मा प्रकाशित