back

 टोल-टोलमा विषादी नियन्त्रण अभियान तीव्र बनाइदैं

वि.सं.२०७५ असोज २० शनिवार

504 

shares

२० असोज, पशुपतिनगर, इलाम । विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आएको छ ।

नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । प्राङ्गारिक खेतीका लागि भकारो सुधार कार्यक्रमका साथै उन्नत जातका गाईको बाच्छा–बाच्छी वितरण गर्ने योजना पनि रहेको उनले बताए । उक्त अभियानअन्तर्गत जैविक विषादी निर्माणसम्बन्धी सीपसमेत प्रदान हुँदै आएको छ ।

वि.सं.२०७५ असोज २० शनिवार ०८:५९ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...