back

 टोल-टोलमा विषादी नियन्त्रण अभियान तीव्र बनाइदैं

वि.सं.२०७५ असोज २० शनिवार

279 

shares
GLOBAL IME AD
NTC AD

२० असोज, पशुपतिनगर, इलाम । विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आएको छ ।

नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । प्राङ्गारिक खेतीका लागि भकारो सुधार कार्यक्रमका साथै उन्नत जातका गाईको बाच्छा–बाच्छी वितरण गर्ने योजना पनि रहेको उनले बताए । उक्त अभियानअन्तर्गत जैविक विषादी निर्माणसम्बन्धी सीपसमेत प्रदान हुँदै आएको छ ।

वि.सं.२०७५ असोज २० शनिवार ०८:५९ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...