back
CTIZAN AD

दश उत्कृष्ट कम्पनीमा टेलिकम अग्रस्थानमा

वि.सं.२०७५ असोज २० शनिवार

642 

shares

nepali cricket२० असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ ।
बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ ।

यस्तै दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

यस्तै हिमालयन बैंकको रु ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको रु ४१ अर्ब, नेपाल एसबीआई बैंकको रु ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको रु ३४ अर्ब १३ करोड र एनएमबी बैंकको रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेको छ ।

स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो । शेयर बजारमा गिरावट आए पनि केही कम्पनीको शेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन ।

यस्तै पछिल्लो एक साताको शेयर कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको चार लाख ६१ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक लिमिटेड, माछापुछे«्र बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेघा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको शेयर कारोवारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् ।

स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेघा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंक लिमिटेडको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता शेयर कारोवार भएको छ ।

वि.सं.२०७५ असोज २० शनिवार १८:१० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...