back
CTIZAN AD

लगातार ओरालो लाग्दै शेयर बजार, आजपनि दोहोरो अङ्कले घट्यो

वि.सं.२०७५ असोज २१ आइतवार

594 

shares

२१ असोज, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २।४९ बिन्दुले घटेर २५७.७५ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको १३ लाख ३७ हजार २६ कित्ता शेयर रु ४० करोड ७३ लाख पाँच हजार ४८१ मूल्यमा खरिद बिक्री भएको हो ।

स्टककाअनुसार कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयरको मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहका शेयरको मूल्य घटेको छ । उत्पादन २.५९ र अन्य ०.९६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३४.७८, विकास बैंक २१.१, जलविद्युत् ३.७५, फाइनान्स ५.८८, निर्जीवन बीमा ५.८३, माइक्रोफाइनान्स १९.४८ र जीवन बीमा ३७.६ बिन्दुले घटेको छ ।

स्टककाअनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, भार्गव विकास बैंक, एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले गुमाएका छन् । यस्तै पुर्णिमा विकास बैंकले लगानीकर्तालाई ११.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६.३७ प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने भएको छ ।

यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । वित्तीय संस्थाको आजको बैठकले गत असार मसान्तमा कायम भएको चुक्ता पूँजी रु २४ करोड २० लाखको २६.३२ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै भार्गव विकास बैंकले ५.५६ प्रतिशत बोनस शेयर थप गर्दै नयाँ शेयर मूल्य समायोजन गरेको छ । रु १४८.७४ बराबरको उक्त बैंकको शेयर मूल्यको समायोजन पछि रु १९४.८७ पुग्नेछ ।

वि.सं.२०७५ असोज २१ आइतवार १५:५१ मा प्रकाशित

Himalayan Life AD
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

Kathmandu. In a landmark move to modernize public infrastructure, the World...