back
CTIZAN AD

बालविवाहको पीडामा किशोरीहरु

वि.सं.२०७५ असोज २१ आइतवार

720 

shares

२१ असोज, बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन) को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान अर्को विवाह गरेर भागिदिए र अहिले प्रमिला मानसिक, आर्थिक र सामाजिक सबै हिसाबले कमजोर बनेकी छन ।

विवाहपछि पढाइ बीचमै छोडेकी प्रमिलालाई कलिलै उमेरमा बाबुआमाले गरिदिएको बालविवाहको पीडा अहिले भएको छ । उनी भन्छिन – “पहिले त म सानी थिएँ, बल्ल बुझ्ने भएकी छु । तर जिन्दगी अलपत्र भइसकेको छ । सानैमा बिहे गरिदिनाले दुःख पाएँ ।”

विवाह दर्ताको प्रमाण नहुँदा कलिलो उमेरमै आफ्नो जिन्दगी बर्बाद पारेर बहुविवाह गरेका श्रीमान विरुद्ध उनी कानूनी कारबाहीको प्रक्रियामा पनि जान सकेकी छैन । उनले भनिन – “विवाह दर्ता गर्नुपर्छ भन्ने थाहा भएन । विवाह दर्ता भएको भए लडेर पनि न्याय पाउँथेँ ।”
रुपन्देहीको भैसहियाकी १८ वर्षीय शशिकला लोध (नाम परिवर्तन) लाई गौना जान पट्टक्कै मन छैन । बाबुआमाले मर्चवारका एक युवकसँग १० वर्षको उमेरमा उनको बिहे गरिदिएका हुन । विवाहपछि कक्षा ११ सम्मको अध्ययन गरेकी शशिकलाको अझै पढ्ने धोको छ । तर, गौना पछि पढाइ बीचमै रोकिने चिन्ता छ उनलाई । उनी भन्छिन – “कतै भागेर जाउ भने समाजले के भन्छ भन्ने हुन्छ । विवाहमा धेरै खर्च भयो । बुवाआमाले लाखौंको दाइजो दिइसके मसँग गौना जानुको विकल्प छैन ।”

बालविवाह गरेका कारण समस्यामा परेका यी किशोरीहरु उदाहरण मात्र हुन । कम उमेरमा विवाह गर्ने र विवाहपछि पछुताउने महिलाहरुको सङ्ख्या तराई क्षेत्रमा धेरै छन । तराई क्षेत्रमा बालविवाहका घटनामा कमी आए पनि पूर्ण रुपमा हटेको छैन । बालविवाहविरुद्धको हुने कानूनी कारबाहीका डरले लुकिछिपी विवाह गराउने परम्परा यथावत रहेको लुम्बिनी हेल्प फाउण्डेशनका अध्यक्ष अजय सिंह बताउन्छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो वर्ष बालविवाहसम्बन्धी एउटा पनि उजुरी परेको छैन । आर्थिक वर्ष २०७३–७४ मा तीन वटा मुद्दा दर्ता भए पनि यो वर्ष भने कुनै उजुरी परेन । बालविवाहविरुद्ध सचेतना बढेका कारण विवाहमा कमी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाको भनाइ छ । बालविवाहविरुद्धको कानून कडाइका साथ कार्यान्वयनमा आएको र प्रहरीले लामो समयदेखि बालविवाहविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरेका कारण पनि घटनामा कमी आएको थापाले बताए ।

अधिकारकर्मी ज्ञानु पौडेल तराईमा बालविवाह अझै पूर्ण रुपमा हट्न नसकेको बताउछन । सरकारी तथा गैरसरकारी संस्थाहरुले चेतनामूलक अभियान सञ्चालन गरेका कारण बालविवाहमा कमी आए पनि लुकिछिपी अझै पनि अभिभावकले बालविवाह गराउने गरेको उनको भनाइ छ । सानैमा बिहे गरेका मधेशका महिलाहरु सबैभन्दा बढी हिंसामा पर्ने गरेको पनि पौडेलले बताए ।

महिला तथा बालिकाको क्षेत्रमा कार्यरत संस्था कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बालविवाहको पीडाले कालान्तरमा किशोरी र महिलामा शारिरीक र मानसिक रुपमा नकारात्मक चोट पु¥याएको बताइन । सानैमा विवाह गरेका कारण परिवारमा बेमेल हुने र महिलाहरु थप हिंसामा पर्ने गरेकाले बालविवाहलाइ पूर्णरुपमा रोक्न जरुरी रहेको उनी बताउछिन । “जुनसुकै पीडा र समस्या परेको बेला कारबाहीको प्रक्रियामा जानका लागि दरिलो प्रमाण नै विवाह दर्ता हो,” आचार्यले भनिन – “मधेशमा धेरै महिला विवाह दर्ता र नागरिकताबाट वञ्चित रहेको पाइएको छ । विवाहलगत्तै विवाह दर्ता र नागरिकताका लागि सबै महिला चनाखो हुन जरुरी छ ।” यसका लागि सरकारी र गैरसरकारी दुवै निकायले चेतना प्रवाह गर्नुपर्ने उनको सुझाव छ ।

विवाह गर्ने वा नगर्ने भन्ने विषय हरेकको वैयक्तिक स्वतन्त्रता हो । मानव अधिकारको दृष्टिकोणबाट पनि आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्न पाउने प्रत्येक नागरिकको अधिकार सुनिश्चित हुनुपर्दछ ।

नेपालको मुलुकी संहितामा विवाहका लागि कानूनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । तर, सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी र अशिक्षाका कारण तराईमा अझै पनि बालविवाह पूर्णरुपमा निर्मूल हुन नसकेको अधिवक्ता हेमा न्यौपानेको भनाइ छ ।

बाल विवाहले बालबालिकालाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा त्यस सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन ।

बाल विवाहका कारण बैवाहिक जीवन दिगो नहुने र परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु देखिने मात्र हैन लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाले बालिका र महिलाहरु थप प्रताडित जोखिम रहन्छ ।

वि.सं.२०७५ असोज २१ आइतवार १६:०७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...