back

झन बढ्यो रसुवा नाकाबाट स्याउ आयात

वि.सं.२०७५ असोज २१ आइतवार

333 

shares
GLOBAL IME AD
NTC AD

२१ असोज, रसुवा । बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।
गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म रु एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । असोजको भन्सार शुल्क असुली लक्ष्य रु ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ ।

तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । ‘दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ,’ कोइरालाले भने ।

वि.सं.२०७५ असोज २१ आइतवार १५:५७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...