back

झन बढ्यो रसुवा नाकाबाट स्याउ आयात

वि.सं.२०७५ असोज २१ आइतवार

513 

shares

२१ असोज, रसुवा । बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।
गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म रु एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । असोजको भन्सार शुल्क असुली लक्ष्य रु ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ ।

तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । ‘दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ,’ कोइरालाले भने ।

वि.सं.२०७५ असोज २१ आइतवार १५:५७ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...