back
CTIZAN AD

इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

वि.सं.२०७५ असोज २१ आइतवार

660 

shares

२१ असोज, पालु, इन्डोनेसिया । इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन ।

इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो ।

सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु शहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौं हराइरहेका छन । यी दुई इलाकाका घरहरु पूर्णरुपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ ।

“बालारोआ र पेटोबो इलाकाका प्रमुखहरुको सूचना अनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन,” संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददाताहरुलाई बताए । “तैपनि अधिकारीहरुले यो तथ्याँक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन । पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन ।”

नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोज कार्यलाई निरन्तरता दिइने बताए । त्यसपछि बेपत्ता भएका वा मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरुको तयारी छ ।

दश दिनअघिको यस विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ । अधिकारीहरुले प्रारम्भमा पालु शहरमा झण्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए ।

पालु शहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ । भूकम्पका कारण जमिन लेदो माटोमा रुपान्तरण भएको छ भने घरहरु सुनामीले सबै ढालेको छ । भत्किएका घरहरुमा कति मानिस च्यापिएका छन भन्ने अझै पत्तो छैन ।

बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताहरुले मृतकहरुको खोजतलास अझै जारी राखेका छन । यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिंगै बस्तीलाई “चिहान” का रुपमा घोषणा गर्ने तयारी गरेको छ ।

“आज दश दिन भयो । अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,” इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए ।

अधिकारीहरुलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पु¥याउन नै धौधौ परेको छ । हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीहरुले उद्धार र राहतका कार्यहरु गरिरहेका छन । इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रहरुसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन ।

“स्थानीयबासी ठूलो समस्यामा छन किनभने सडक अबरुद्ध भएको छ र यहाँ हवाई सेवामात्र उपलब्ध हुन सक्दछ,” उपसेनानी रेइनाल्डो आप्रीले बताए ।

अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाबाट हर्कुलस हवाईजहाज मार्फत राहत यहाँ आइरहेको छ । सेभ द चिल्ड्रेन र अन्य निकायहरुबाट दक्षिण अफ्रिकी चिकित्सा टोली यहाँ आइपुगेको छ ।

इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । तर यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिसहरु छरिएर बसेका छन ।

“म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ, किनभने हाम्रो गाउँका ९५ प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन,” लिड्डुबाट आएका सिमसम मुजुले बताए ।

वि.सं.२०७५ असोज २१ आइतवार १६:२४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...