back

पार्टीको घोषणापत्रअनुसार काम गर्न मुख्यमन्त्रीको निर्देशन

वि.सं.२०७५ असोज २२ सोमवार

516 

shares

२२ असोज, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन कमिटी गण्डकीले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय स्थानीय सरकारका प्रमुख उपप्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टीको घोषणापत्रअनुसार जनतासँग मत मागेर विजयी भएका जनप्रतिनिधिले घोषणापत्रको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

जनप्रतिनिधिलाई व्यक्तिगतभन्दा पनि संस्थागत निर्णय गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले व्यक्तिगत निर्णयले अराजकता सिर्जना गर्ने तथा बजेट निर्माण र खर्च गर्दा भद्रगोलको अवस्था देखिएकाले यसले समग्र पार्टीलाई बदनाम गर्ने भएकाले सचेत रहन आग्रह गरे ।

गुरुङले भने, “कोही व्यक्तिको निर्णयले समग्र पार्टीलाई असर गर्ने काम गर्नुहुँदैन । खर्च गर्दा पनि नियमसङ्गत र पारदर्शीरुपमा गर्नोस् । जसबाट अर्को चुनावमा जनप्रतिनिधि बेरुजु र भ्रष्टाचारमा नपरेको गर्वका साथ जनतामा जान सकियोस् ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आवश्यक कानून र कर्मचारी अभावलगायतका कारणबाट यसबीचमा सोचेअनुसार काम गर्न नसकिएको भनाइ राखे । नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डेले विगतमा पार्टी र जनप्रतिनिधिको समन्वय नभएकोमा अब प्रदेश कमिटी गठनपछि सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जनप्रतिनिधिले वस्तुगत स्थिति हेरेर योजना बनाउन आग्रह गरे ।

वि.सं.२०७५ असोज २२ सोमवार १६:३२ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...