back

हङकङ नेपाली महासंघको अध्यक्षमा राना

वि.सं.२०७५ असोज २२ सोमवार

495 

shares

 

हङकङ नेपाली महासंघको १० औं महाधिबेशनले अध्यक्षमा टंक राना चयन गरेको छ ।  रानाको अध्यक्षतामा गठन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षमा लोक आङबुहाङ, महासचिवमा नविन सुहाङ, सचिवमा भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन भएका छन् ।

याउ मा तेई कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्व, महासंघका सल्लाहकार हेजन राईको प्रमुख अतिथ्यता रहेको थियो भने एनआरएनएकी अध्यक्ष टिका गुरुङ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, आदिवासी जनजाती महासंघका अध्यक्ष किशन राई, महासंघका सल्लाहकारहरु प्रदिप थापा, हेम लिम्बु, हर्क राना, अर्चन गुरुङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

अधिबेशनले चरणको कार्यक्रमका महासंघका उपाध्यक्ष टंक रानाको स्वागत मन्तब्यसंगै कार्यक्रमकी सभापति रिता गुरुङ तथा प्रमुख अतिथि हेजेन राईद्धारा पानसमा बत्तिबालेर औपचारिक उद्घाटन तथा अतिथिहरुबाट शुभकामना मन्तब्य राखिएको थियो ।

सोहि अवसरमा कार्यक्रमकी सभापति गुरुङले आफ्नो कार्यकाल सफल बनाउँन विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा महानुभावहरु प्रति धन्यवाद सहितको मन्तब्य राखेकी थिइन् ।

त्यस्तै दोस्रो चरणको बन्दसत्रमा निवर्तमान महासचिव नविन सुहाङले ३ वर्षे कार्यकालको गतिविधिहरु राखेका थिए भने कोषाध्यक्ष ताहिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तमा हेजेन राईको अध्यक्षतामा गठित ३ सदस्सीय निर्वाचन मण्डलद्धारा टंक रानाको अध्यक्षतामा ५ सदस्सीय कार्य समितिको निर्विरोध निर्वाचित गरेको हो ।

 

वि.सं.२०७५ असोज २२ सोमवार १६:३५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...