back
CTIZAN AD

१३ विद्यालयको खाता रोक्का

वि.सं.२०७५ असोज २२ सोमवार

678 

shares

२२ असोज, मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १३ सामुदायिक विद्यालयको खाता रोक्का गरेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायःअनुपस्थित हुने शिक्षक तथ्याङ्कका आधारमा विद्यालयको खाता रोक्का गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

“सबै विद्यालयमा रहेका शिक्षकको सही तथ्याङ्क उपलब्ध गराउन नगरले पटक–पटक आग्रह गरेको थियो तर केही विद्यालयले अटेरी गरेका कारण खाता रोक्का गरिएको हो”, उनले भने । पछिल्लो समय नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि नगरका सबै विद्यालयमा नियमित अनुगमन र निगरानी तीव्र पारिएको छ । विद्यालयमा नपढाउने र कुनै जानकारीविना बिदामा बस्ने शिक्षककोसमेत तलब कट्टा गरिएको नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाका अधिकृत धनञ्जय आचार्यका अनुसार चालू आर्थिक वर्षदेखि विद्यालयमा नियमित अध्यापन नगराउने शिक्षकको पनि तलब कटौती गरिएको छ ।

नगरपालिकाले यसअघि नै विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलब कट्टा गरी विद्यालयको खातामा जम्मा गर्ने निर्णय पारित गरेको छ । उक्त तलब रकममार्फत विद्यालयको भौतिक सुधार र व्यवस्थापन गर्न नगरपालिकाले तलब रोेक्का भएका सबै विद्यालयलाई निर्देशन दिएको छ । यहाँका कतिपय शिक्षकले आफूले पाउनुपर्ने सेवा सुविधा कटौती गरिएकोप्रति दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७५ असोज २२ सोमवार १८:११ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...