back

१३ विद्यालयको खाता रोक्का

वि.सं.२०७५ असोज २२ सोमवार

387 

shares
GLOBAL IME AD
NTC AD

२२ असोज, मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १३ सामुदायिक विद्यालयको खाता रोक्का गरेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायःअनुपस्थित हुने शिक्षक तथ्याङ्कका आधारमा विद्यालयको खाता रोक्का गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

“सबै विद्यालयमा रहेका शिक्षकको सही तथ्याङ्क उपलब्ध गराउन नगरले पटक–पटक आग्रह गरेको थियो तर केही विद्यालयले अटेरी गरेका कारण खाता रोक्का गरिएको हो”, उनले भने । पछिल्लो समय नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि नगरका सबै विद्यालयमा नियमित अनुगमन र निगरानी तीव्र पारिएको छ । विद्यालयमा नपढाउने र कुनै जानकारीविना बिदामा बस्ने शिक्षककोसमेत तलब कट्टा गरिएको नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाका अधिकृत धनञ्जय आचार्यका अनुसार चालू आर्थिक वर्षदेखि विद्यालयमा नियमित अध्यापन नगराउने शिक्षकको पनि तलब कटौती गरिएको छ ।

नगरपालिकाले यसअघि नै विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलब कट्टा गरी विद्यालयको खातामा जम्मा गर्ने निर्णय पारित गरेको छ । उक्त तलब रकममार्फत विद्यालयको भौतिक सुधार र व्यवस्थापन गर्न नगरपालिकाले तलब रोेक्का भएका सबै विद्यालयलाई निर्देशन दिएको छ । यहाँका कतिपय शिक्षकले आफूले पाउनुपर्ने सेवा सुविधा कटौती गरिएकोप्रति दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७५ असोज २२ सोमवार १८:११ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...