back

भुटानविरुद्ध नेपालको मध्यमस्तरको ब्याटिङ, प्रदीप ऐरीको शानदार पारी

वि.सं.२०७५ असोज २३ मंगलवार

549 

shares

२३ असोज, मलेशिया । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो । नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित ७५ रनको पारी खेले । उनले ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए । त्यस्तै, अनिल कुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले अविजित ११ रन बनाए ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक रहेको छ । तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहंदा आयोजक मलेसियाको ३ अंक रहेको छ । त्यस्तै, पाचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक रहेको छ । यो समूहबाट शीर्ष ३ राष्ट्र टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०९:३५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...