back

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

वि.सं.२०७५ असोज २३ मंगलवार

294 

shares
GLOBAL IME AD
NTC AD

नारायण ढुङ्गाना २३ असोज, काठमाडौँ । कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन ।

प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्र सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता छ भन्छन् । आज १४४औँ विश्व हुलाकदिवस मनाइएको छ । दिवस मनाइरहँदा यसको सेवा चुस्त हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष हुलाकमा चिठीपत्र आदानप्रदान ३ दशमलव ४ प्रतिशतले घटेको गोश्वारा हुलाक कार्यालय काठमाडाँैका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले बताए । नेपालमा विभिन्न चुनौतीका बीच काम गर्नुपरेकाले सेवा प्रभावकारी बनाउन नसकेको भण्डारी बताउनुहुन्छ । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्र्सल (पुलिन्दा) तथा व्यावसायिक सेवामा आकर्षण बढेको भण्डारी दाबी गर्छन् ।

गएको वर्ष पार्सल १२ दशमलव ५ प्रतिशतले बढेको थियो । हुलाकको कूल रु ५० करोड राजश्व मध्ये पहिलो नम्बरमा द्रुतडाँक सेवा, त्यसपछि पार्सल र चिठीपत्रबाट न्यून आउने गरेको छ ।

“चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ, भण्डारीले भने, “व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ, अब व्यावसायिकतामा जानुको विकलप छैन ।” जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ । नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनु जरुरी देखिन्छ । नेपालमा उपत्यकाको तीन जिल्लामा शुरु भएको घुम्ती सेवासमेत देशव्यापी बनाउन सकिएको छैन ।

हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मी हुलाकको गरिमा र महत्व कायम राख्न कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउछन् । स्थिर सरकार भएकाले पनि सेवा प्रभावकारी हुने आशा उनको छ ।

गोश्वारा हुलाकका अनुसार ३० प्रतिशत दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसात् गर्न नसक्नु, सेवा रुपान्तरण गर्न नसक्नु, बजेटको अभाव तथा हुलाकप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुँदा समस्या परिरहेको छ । सेवा विस्तार गर्न सरकारले बनाएको हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्मा सञ्चार क्षेत्रको पुरानो सेवा दयनीय बन्दै गएकाले स्वायत्त संस्थाका रुपमा विकास गरी सेवा समयानुकूल बनाउनुपर्ने बताए । कार्यदल यसैमा केन्द्रित रहेर काम गरिरहेको उहाँले जानकारी दिए ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे हुलाक सेवा सरकारको प्राथमिकतामा नपरेको बताउछन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका अध्यक्ष टङ्क हुमागाई प्रविधिमैत्री बनाउँदै अन्य देशका हुलाकले झै सेवा दिनु जरुरी रहेको आँैल्याए । तथ्याङ्कअनुसार विश्वमा १९२ देशको छ लाख कार्यालयमा ५३ लाख हुलाककर्मी छन् । कुनै समय चीन र इजिप्टमा हुलाक सेवाको संरचना बनेको थियो । आधुनिक हुलाक सेवाको शुरुआत सन् १६३५ बाट भएको हो । सन् १८७८ मा विश्व हुलाक संघ स्थापना भएको थियो ।

नेपालमा भने १९३५ बाट हुलाक सेवा शुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय छ । त्यस्तै १७ हजार जनशक्ति परिचालित छन् । नेपालबाट ३९ देशमा द्रुत डाँकसेवा सञ्चालनमा छ ।

विभिन्न कार्यक्रम गरी दिवस मनाईयो

राजधानीमा आज १४४औं विश्व हुलाक दिवस हुलाकसेवा विभाग र गोश्वारा हुलाक कार्यालयले विभिन्न कार्यक्रम गरी मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले चिठीमा टाँचा लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोही सन्दर्भमा आज काठमाडौमा हुलाकमा उत्कृष्ट सेवा पु¥याउने कर्मचारीलाई सम्मान गरियो । पुरस्कृत हुने कर्मचारीमा जुजुकाजी डंगोल, नन्दा पौडेल, दिपक घिमिरे छन् ।

वि.सं.२०७५ असोज २३ मंगलवार १६:५७ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...