back

शेयर बजार : आजपनि सामान्य अंकले घट्यो

वि.सं.२०७५ असोज २३ मंगलवार

519 

shares

२३ असोज, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११ दशमलब ६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ३ दशमलब ८९, होटल २१ दशमलब ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलब ८२, वित्त १ दशमलब १, निर्जीवन बीमा ३७ दशमलब ६४, उत्पादन ११ दशमलब ८३, माइक्रोफाइनान्स ७ दशमलब ६२ र जीवन बीमा १८ दशमलब ६३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् ।

वि.सं.२०७५ असोज २३ मंगलवार १७:०५ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आवेदनको ट्र्याक गर्न सक्ने

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडाैँ ।  एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल...

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज...

यसरी कतार पाठाइयो सौराहमा हुर्केका खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

यसरी कतार पाठाइयो सौराहमा हुर्केका खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय...