back

‘दुई महिनाभित्रै श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने’

वि.सं.२०७५ असोज २३ मंगलवार

507 

shares

२३ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र कतारले खेल मैदान निर्माण गर्न भित्र्याइएका धेरै विदेशी श्रमिकमाथि दवावपूर्ण कार्य गर्नु नहुनेमा जोड दिए ।

मन्त्री विष्टले आगामी दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने जानकारी दिए । उनले योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गरिने बताउँदै योग्य र दक्ष युवा मात्र वैदेशिक रोजगारीलाई उपयुक्त हुने स्पष्ट गरे ।

वि.सं.२०७५ असोज २३ मंगलवार १७:१२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...