back

पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

वि.सं.२०७५ असोज २३ मंगलवार

495 

shares

२३ असोज, रुज, बुल्गेरिया ।  बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया र रुज सहरमा ठूलो संख्यामा मानिस मैनवत्ती बालेर उपस्थित भएका थिए ।

रुजको सानो निजी टीभीएन टेलिभिजन कम्पनीका लागि कार्यक्रम प्रस्तोता ३० वर्षीया भिक्टोरिया मारिनोभाको मृत शरीर गत शनिबार भेटिएको थियो ।

हजारौंँ अश्रुपुरित मानिस रुजको सेन्ट्रल स्क्वाएरमा मारिनोभाप्रति सम्मान प्रकट गर्न भेला भएका थिए । यस्तै कार्यक्रम राजधानी सोफियामा पनि आयोजना गरिएको थियो ।

रुजका धेरै स्थानीयबासीले मारिनोभालाई व्यक्तिगतरुपमै चिनेको बताएका थिए । डानुबमा धेरैवटा परोपकारी कार्यमा मारिनोभा सक्रिय थिए ।

मुख्य अभियोजनकर्ता सोटीर चाचारोभले अनुसन्धाताले हत्याका बारेमा सूक्ष्म अध्ययन थालिसकेको बताए ।

युरोपेली युनियनको सबैभन्दा गरिब राष्ट्र बुल्गेरियामा भ्रष्टाचार मौलाएको छ । सरकारी अधिकारीहरुको आलोचना गर्ने लोकप्रिय कार्यक्रम सञ्चालन गरेकै कारण मारिनोभाको बलात्कार पश्चात हत्या गरिएको अनुमान छ ।

युरोपमा १२ महिनाकै अवधिमा तीन जनाको हत्या भइसकेको छ । यसअघि फेब्रुअरीमा स्लोभाकीयामा इयान कुसिआक र अक्टोबर २०१७ मा माल्टामा डाफ्ने कारुआना गालिजियाको हत्या भएको थियो ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार युरोपेली युनियनमा प्रेस स्वतन्त्रताको अवस्था सबैभन्दा कमजोर छ । विश्वका १८० देशमध्ये बुल्गेरिया १११औं स्थानमा छ ।

वि.सं.२०७५ असोज २३ मंगलवार १८:०७ मा प्रकाशित

Himalayan Life AD
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...