back

भ्रष्टाचारको अभियोगमा १० जना विरुद्ध मुद्दा दायर

वि.सं.२०७५ असोज २३ मंगलवार

321 

shares
GLOBAL IME AD
NTC AD

२३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले २०७४ माघ १ देखि फागुन २५ गतेसम्म गरेको अनुसन्धानबाट तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बागमति एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इञ्जिीनियर श्याम केसीले भ्रष्टाचार निवारण ऐन २०५९ को कसूर गरेकाले हदैसम्मको जरिवाना र कैद सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ ।

त्यसैगरी तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती ठूलोभ¥याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खड्गी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका नायबसुब्बा लेखनाथ भुसालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

वि.सं.२०७५ असोज २३ मंगलवार १९:५८ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...