back
CTIZAN AD

दशैं आईसक्यो, प्रदेशका कर्मचारीले तलब पाएनन्

वि.सं.२०७५ असोज २४ बुधवार

609 

shares

२४ असोज, काठमाडौँ । दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन्  ।
महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्मको तलब समेत पाएकी छैनन् ।
२९ वर्षे जागिरे जीवनमा पहिलो पटक लामो संक्रमणकाल गुजार्नुपरेको क्षेत्रीय संग्रहालयका प्रमुख चन्द्रप्रसाद अधिकारीको भनाइ छ । ‘तीन महिनासम्म तलबविहीन हुनुपरेको पहिलोपटक हो,’ उनले भने, ‘आफ्नो परिवार र कार्यालयको दैनिक खर्च समेत उधारोमै चल्दै छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २४ बुधवार ०८:१७ मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...