back

दशैं आईसक्यो, प्रदेशका कर्मचारीले तलब पाएनन्

वि.सं.२०७५ असोज २४ बुधवार

327 

shares
GLOBAL IME AD
NTC AD

२४ असोज, काठमाडौँ । दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन्  ।
महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्मको तलब समेत पाएकी छैनन् ।
२९ वर्षे जागिरे जीवनमा पहिलो पटक लामो संक्रमणकाल गुजार्नुपरेको क्षेत्रीय संग्रहालयका प्रमुख चन्द्रप्रसाद अधिकारीको भनाइ छ । ‘तीन महिनासम्म तलबविहीन हुनुपरेको पहिलोपटक हो,’ उनले भने, ‘आफ्नो परिवार र कार्यालयको दैनिक खर्च समेत उधारोमै चल्दै छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २४ बुधवार ०८:१७ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...