back

अस्ट्रेलियालाई जितका लागि ४६२ रनको चुनौती

वि.सं.२०७५ असोज २४ बुधवार

555 

shares

२४ असोज, दुबई । पाकिस्तानले दुबईमा जारी पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु जितका लागि ४६२ रनको विशाल चुनौती दिएको छ । बुधबार अपराह्न पाकिस्तानले दोस्रो इनिङमा ६ विकेट गुमाएर १८१ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।

तीन विकेटको क्षतिमा ४५ रनबाट खेल्न थालेको पाकिस्तानका लागि इमाम–उल–हकले ४८, हरिस सोहेलले ३९ तथा असाद सफिकले ४१ रन बनाएका थिए ।

पाकिस्तानले पहिलो इनिङमा ४८२ रन बनाएको थियो । पहिलो इनिङमा अस्ट्रेलियाले २०२ रन बनाई अलआउट भएको थियो ।

अस्ट्रेलियाका लागि स्पिनर जोन होल्यान्डले ३ र नाथान लायनले २ विकेट लिएका थिए ।

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट अबुधाबीमा अक्टोबर १६ देखि शुरु हुँदैछ ।

वि.सं.२०७५ असोज २४ बुधवार १६:३२ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...