२५ असोज, काठमाडौं । वामदेव गौतमलाई उपचुनावमार्फत् संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउनु स्थानीय नेताहरुले नेकपाका अध्यक्षलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाका सांसद् रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी पछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेको पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रदेश सांसद बसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराएका थिए । उनीहरुले अकस्मात काठमाडौं खाली गर्ने कुरा आउदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा रहेको बताए ।
वि.सं.२०७५ असोज २५ बिहीवार ०७:४९ मा प्रकाशित