२५ असोज, काठमाडौं । प्राचिन बुद्ध नगरी कपिलवस्तु बाटै निर्वाचित सासंद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ठ अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्र्धाथनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सासंद सासंद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।
कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद साह विशिष्ठ अतिथि थिए ।
सांसद साहले भने–‘कसले के प्रचार गरे मलाई थाहा छैन् । म सिद्धार्थनगर जिललको तुलसीपुर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनवारण कार्यक्रममा सहभागी भएको हो । मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो, म गए । अरु कुरा मलाई थाहा छैन ।”आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ असोज २५ बिहीवार ०८:३२ मा प्रकाशित