back

गौतमको इच्छामा पार्टीभित्रै असन्तुष्टि

वि.सं.२०७५ असोज २५ बिहीवार

636 

shares

२५ असोज, काठमाडौं । नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन् । यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके। पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन् । गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे । मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए ।

उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइएको थियो। मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे । मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए । ‘कहीँकतै छलफल नभई एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं, स्थायी समितिका ओलीनिकट एक नेताले भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्यो । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ असोज २५ बिहीवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...