
२५ असोज, काठमाडौं । सुर्तिजन्य र मदिराको खोलमा टाँस्ने अन्तःशुल्कको स्टिकर सरकार आफैंले छाप्ने तयारी गरेको छ । स्टिकर छाप्ने जिम्मा स्वदेशी कम्पनीलाई नदिइँदा विवाद बढिरहेका बेला सरकार आफैंले स्टिकर छाप्ने योजना अघि सारेको हो ।
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण विकास समितिको सुरक्षण मुद्रण केन्द्रले उद्योग स्थापनाको गरिरहेको अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले जानकारी दिए । अन्तःशुल्क जस्तो अतिसंवेदनशील वस्तुलाई निजी कम्पनीको साटो सरकारले नै छाप्नसके अन्तःशुल्क छपाइका लागि खर्च हुने अर्बौंको रकम बाहिरिनबाट जोगाउन सकिने उनले बताए ।
नेपालको संविधानको अनुसूची ५ को धारा ३१ मा सुरक्षण मुद्रणलाई संघीय सरकारको क्षेत्राधिकारमा उल्लेख गरिएको छ । जसअनुसार अन्तःशुल्क जस्ता सम्पूर्ण सुरक्षण मुद्रणको जिम्मा सरकारले लिन खोजेको उनले बताए । आजको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७५ असोज २५ बिहीवार ०८:४९ मा प्रकाशित