back

‘प्रहरीमाथि भएको राजनीतिकरण अन्त्य गर्नुपर्छ’

वि.सं.२०७५ असोज २५ बिहीवार

384 

shares
GLOBAL IME AD
NTC AD

२५ असोज, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरीमाथि बढी राजनीतीकरण भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

छैसठ्ठिऔँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दमौलीमा गरेको ‘महिला हिंसा र लागुऔषधविरुद्ध सँगसँगै हिँडौँ’ अभियानको शुभारम्भ गर्दै उनले प्रहरीमाथिको बढ्दो राजनीतीकरण नरोकिएसम्म प्रहरीले स्वतन्त्र भएर काम गर्न नसक्ने बताए ।

“प्रहरीमाथिको राजनीति अब बन्द गर्नुपर्छ”, उनले भने “तबमात्र प्रहरीले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न सक्छ ।”

मुख्यमन्त्री गुरुङले नेपाल प्रहरी विश्वमै उत्कृष्ट रहेकाले यसलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै प्रहरी प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाउन सके अपराध न्यूनीकरणमा प्रहरीले महत्वपूर्ण काम गर्नसक्ने धारणा व्यक्त गरे ।

“प्रहरीमा स्रोत र साधनको मात्रै कमी हो, अरु सबै कुरामा नेपाल प्रहरी अब्बल छ”, उनले भने ।

मुख्यमन्त्री गुरुङले हिजो निरकुंशतन्त्रका विरुद्ध कर्मचारीलाई राजनीतिक दलले प्रयोग गर्ने गरेको भए पनि अब त्यसको अन्त्य हुनुपर्नेमा जोड दिदैं “कर्मचारीलाई राजनीति गर्न राजनीतिक दलले नै सिकाए तर जुन उपलब्धि हासिल गर्न कर्मचारीलाई प्रयोग गरियो, त्यो हासिल भइसकेको छ ।’

अपराधी कुनै पनि पार्टीको हुन नसक्ने भन्दै उनले अपराधका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दए ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०९:०८ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...