back
CTIZAN AD

‘प्रहरीमाथि भएको राजनीतिकरण अन्त्य गर्नुपर्छ’

वि.सं.२०७५ असोज २५ बिहीवार

762 

shares

२५ असोज, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरीमाथि बढी राजनीतीकरण भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

छैसठ्ठिऔँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दमौलीमा गरेको ‘महिला हिंसा र लागुऔषधविरुद्ध सँगसँगै हिँडौँ’ अभियानको शुभारम्भ गर्दै उनले प्रहरीमाथिको बढ्दो राजनीतीकरण नरोकिएसम्म प्रहरीले स्वतन्त्र भएर काम गर्न नसक्ने बताए ।

“प्रहरीमाथिको राजनीति अब बन्द गर्नुपर्छ”, उनले भने “तबमात्र प्रहरीले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न सक्छ ।”

मुख्यमन्त्री गुरुङले नेपाल प्रहरी विश्वमै उत्कृष्ट रहेकाले यसलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै प्रहरी प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाउन सके अपराध न्यूनीकरणमा प्रहरीले महत्वपूर्ण काम गर्नसक्ने धारणा व्यक्त गरे ।

“प्रहरीमा स्रोत र साधनको मात्रै कमी हो, अरु सबै कुरामा नेपाल प्रहरी अब्बल छ”, उनले भने ।

मुख्यमन्त्री गुरुङले हिजो निरकुंशतन्त्रका विरुद्ध कर्मचारीलाई राजनीतिक दलले प्रयोग गर्ने गरेको भए पनि अब त्यसको अन्त्य हुनुपर्नेमा जोड दिदैं “कर्मचारीलाई राजनीति गर्न राजनीतिक दलले नै सिकाए तर जुन उपलब्धि हासिल गर्न कर्मचारीलाई प्रयोग गरियो, त्यो हासिल भइसकेको छ ।’

अपराधी कुनै पनि पार्टीको हुन नसक्ने भन्दै उनले अपराधका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दए ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०९:०८ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...