back

‘देशको अर्थतन्त्र कायापलट गर्नेगरी लगानी गर्ने हैसियत अझै बनिसकेको छैन’

वि.सं.२०७५ असोज २५ बिहीवार

360 

shares
GLOBAL IME AD
NTC AD

 

जीवा लामिछाने, संरक्षक तथा पूर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आएका छन् । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पूर्वअध्यक्ष समेत रहेका लामिछानेसँग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।

गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न आवश्यक पर्यो ?
राजनीतिक एजेन्डा सम्वोधन भइसकेकाले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनेछ । गैरआवासीय नेपाली समुदायको त्यसमा भूमिका रहनेछ भन्ने कुरामा मलाई सन्देह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सिप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । राष्ट्र निर्माणको यो अभियानमा योगदान गर्नका लागि विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढिभन्दा बढी प्रयोग गर्ने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् भनेर अपेक्षा गरेको छ ।

नेपाल सरकारले देशमा रेल, ग्यास, पानी जहाज, १० औं हजार मेघावाट विजुलीलगायतका महत्वकांक्षी योजना अघि सारेको छ यी योजनामा एनआरएनले कसरी टेवा पु¥याउन सक्छन ?

पूर्वाधार निर्माण, विशेषगरी जलविद्युत् उत्पादनमा गैरआवासीय नेपालीले लगानी गरेका छन् । त्यस क्षेत्रमा लगानी अझै बढ्न सक्छ । त्यसैगरी पर्यटन, कृषि आदि क्षेत्रमा पनि केही साथीहरुले लगानी गर्नुभएको छ । वर्तमान कार्यसमितिका साथीहरुले पूर्वाधार निर्माण र ठूला योजनामा लगानी गर्ने उद्देश्यले सरकारको समेत सहभागिता रहने गरी ‘सामुहिक लगानी कोष’ स्थापना गर्ने दिशातर्फ गृहकार्य सुरु गरिसकेको मैले खबर पाएको छु । सामुहिक सहभागिताका आधारमा सरकारले अघि सारेका योजनाहरुमा गैरआवासीय नेपालीहरुले अवस्य लगानी गर्ने छन् ।

आर्थिक लागानी छाडेर एनआरएन बैद्धिक लगानीतिर लाग्न थालेको हो भन्न मिल्छ ?
गैरआवासीय नेपालीको लगानीको कुरा गर्दा आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन् । आर्थिक लगानीको कुरा गर्दा देशको अर्थतन्त्रलाई कायापलट गर्ने गरी लगानी गर्न सक्ने हैसियत हाम्रो अझै बनिसकेको छैन । पहिलो पुस्ता भएर पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही सुरुवात गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ ।

जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दैछ । तर गैरआवासीय नेपालीहरुले बौद्धिक क्षेत्रमा अहिले नै ठूलो योगदान गर्नसक्ने सम्भावना मैले देखेको छु । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ ।

नेपालमा हुदै गरेको राजनीतिक स्थायित्वपछि गैरआवासीय नेपालीहरुको भुमिका फेरिएको हो ?
हाम्रो अभियानको मूलमन्त्र नै ‘नेपालीका लागि नेपाली’ भएकोले हाम्रो भूमिका संधै नेपालको समग्र उन्नतिमा योगदान पु¥याउने नै हो । हामीले त्यो मूल भावनालाई कहिल्यै कमजोर हुन दिनु हुन्न । उद्देश्य त्यही हो । त्यसलाई निर्वाह गर्ने बाटो फरक–फरक हुन सक्ला । देशमा अहिले राजनीतिक स्थिरता कायम रहेकोले हामीलाई यो जिम्मेवारी निर्वाह गर्ने राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।

वर्तमान कार्य समितिबारे तपाईंका टिप्पणी ?

यस विषयमा अहिले टिप्पणी नगरौं । पुरानो कार्यसमितिले सुरु गरेका प्रोजेक्टलाई वर्तमान कार्य समितिले समय मै सम्पन्न गर्नेछौं भनेर कबूल गरेको छ । त्यो समय–सीमासम्म उहाँहरुलाई काम गर्न दिउँ ।

गैरआवासीय नेपाली समुदायलाई तपाईं केही भन्नु छ ?
हामीले उठान गरेका धेरै मुद्दा सम्बोधन भएर आएका छन् । गैरआवासीय नेपाली समुदायलाई नेपाल सरकार र नेपालको हरेक वर्गले जिम्मेवारपूर्ण समुहको रुपमा लिएको छ । अब मातृभूमिका लागि केही गरेर देखाउने पालो हाम्रो हो । सबै साथीहरुले यो जिम्मेवारीबोध गरेर आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गरौं ।

 

वि.सं.२०७५ असोज २५ बिहीवार १५:१० मा प्रकाशित

विकासका काममा यसरी अगाडि बढाईरहेका छौं बुटवललाई– उपमहानगर प्रमुख पाण्डेय

विकासका काममा यसरी अगाडि बढाईरहेका छौं बुटवललाई– उपमहानगर प्रमुख पाण्डेय

स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ...

देशको कानुनभन्दा पनि दलको कानुनअनुसार चल्ने स्वार्थप्रेरित अवस्था छ : सांसद सुमना श्रेष्ठ

देशको कानुनभन्दा पनि दलको कानुनअनुसार चल्ने स्वार्थप्रेरित अवस्था छ : सांसद सुमना श्रेष्ठ

 सिर्जना राई, काठमाडौँ । देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी...