back

दसैं तिहारका लागि मात्र तीन रु आठ अर्बको सवारीसाधन भित्रिए

वि.सं.२०७५ असोज २५ बिहीवार

585 

shares

२५ असोज, वीरगञ्ज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्राएका छन् । ।

भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।

यसैगरी आव २०७४÷७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट रु ६ अर्ब ८६ करोड १२ लाखको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो । मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको सङ्ख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए ।

सरकारले चालू आवदेखि खरीद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजश्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आइसिपी, सुख्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेकशन, टाटा, टोयटा, मर्सिडिजलगायत जीप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्र्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी दुई हजार ५०० भन्दा बढी सवारीसाधन रोकिएका छन् । दशैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । सङ्घीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०७५÷७६ मा रु १७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ ।

वि.सं.२०७५ असोज २५ बिहीवार १५:२६ मा प्रकाशित

Himalayan Life AD
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन...

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै...