back

गरिबी बढाउँदै मुटु, क्यान्सर, दम, मधुमेह

वि.सं.२०७५ असोज २५ बिहीवार

288 

shares
GLOBAL IME AD
NTC AD


२५ असोज, काठमाडौं । नेपालमा नसर्ने रोग (एनसीडी) को प्रकोप भयावह रुपमा आइरहेको र यो घरघरको व्यथाको रुपमा चित्रण भइसकेकाले उपचारात्मकमा भन्दा रोकथाममा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) र नेपाल एनसीडी एलायन्सले विहिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले नसर्ने खालका रोगहरुबाट बच्ने तरिकाको व्यापक प्रचारप्रसार अभियान नचलाइँदा नसर्ने रोगका रुपमा रहेको मुटु, क्यान्सर, मधुमेह र दमले गरिबी वढाइरहेको बताएका थिए ।

सरकारले स्वास्थ्य बजेट विनियोजन गर्दा उपचारका लागि ८५ प्रतिशत र रोकथामका लागि १५ प्रतिशत व्यवस्थाले जनता रोगबारे लागिसकेपछि मात्र जानकारी भएको बताइएको थियो । अहिले नेपाल मुटुरोग, मधुमेह, क्यान्सर र स्वासप्रस्वाससम्वन्धि दीर्घ रोगजस्ता नसर्ने रोगले ग्रसित भएको बताइयो ।

कार्यक्रममा स्वास्थ्यविज्ञ डा.बाबुराम मरासिनीले मोटरसाइकल चढ्ने अनि जंकफुडका साथ जाँडरक्सी खाने प्रवृत्तिले गर्दा नेपालीमा नसर्ने रोग देखिएको जानकारी दिए । नसर्ने रोग कहिले पनि निको नहुने भएकाले यसतर्फ चनाखो हुनुपर्ने बताउँदै उनले समयमै होशियारी अपनाइ खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन सक्यो भने यो रोगबाट ग्रसित हुन नपर्ने बताए ।

प्रदुषणका कारण नेपालजस्तो विकासोन्मुख मुलुकमा देखिएको नसर्ने रोगले विस्तारै विकसित मुलुकसमेत आक्रान्त हुन थालेको जानकारी पनि उनले दिए ।
सुर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरीक निष्क्रियता र प्रदुषण नसर्ने रोगको कारक तत्व भएको र नेपालका गाउँघरमा बाल्ने परम्परागत धुँवाका कारणले पनि नसर्ने रोग गाउँसम्म फैलिएको डा.मरासिनीको कथन थियो ।

सरकारले धुँवामुक्त चुल्होका लागि दिने ४० हजार रुपैयाँ, विपन्न नागरिक उपचार कोषबाट मुटु र क्यान्सर रोगीलाई दिइने १ लाख रुपैयाँ पहुँचवालाको हातमा मात्र पुगेको पनि उनले बताए ।

नेपालमापोषण अभियानअन्तर्गत पोषण निर्देशिकामा समाविष्ट हुनुपर्नेमा जोड दिंदै उनले आमसञ्चारका माध्यमबाट खाना कति र कसरी खाने विषयमा जनजागरण अभियान चलाउनुपर्ने आवश्यकताबोध गराएका थिए ।

सरकारले १ लिटर पेट्रोलियम पदार्थमा ५० पैसा संकलन गरी वायु प्रदुषणका लागि उल्लेखनीय काम नगरेको उनको आरोप रहेको छ । विकसित मुलुकमा शहरका बीच बीचमा घुम्नका लागि पार्कहरु हुने तर नेपालमा घुम्नयोग्य कुनै पनि पार्क नभएको उनको कथन थियो ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनसीडी तथा मानसिक रोग विभागका प्रमुख फणिन्द्रप्रसाद बरालले नीतिगत रुपमा नेपाल कमजोर नभएको तर कार्यान्वयन पक्ष फितलो भएकाले नसर्ने रोगल सवै वर्गका जनतालाई सताइरहेको बताए । नसर्ने रोगका लागि बनेको सरकारी सयन्त्र निष्क्रिय रहेको बताउँदै उनले मुख्य सचिवको अध्यक्षतमा भएको उच्चस्तरीय समितिले वर्षको १ चोटी पनि वैठक बसाउन नसकेको जानकारी उनले दिए ।

सरकारले समुदायस्तरमा पुगेर नसर्ने रोगको कार्यक्रम लान नसकेको र स्वास्थ्यमा नसर्ने रोगको फोकस कार्यक्रम नभएको जानकारी उनले दिए । मन्त्रालयमा नसर्ने रोग शाखाको निर्माणपछि १० ओटा जिल्लामा कार्यक्रम पुगेको र २ वर्षभित्र सवै जिल्लामा नसर्ने रोग सम्वन्धि पेन कार्यक्रम पु¥याउने जानकारी दिए ।

जनस्वास्थ्य विज्ञ डा.केदार बरालले नसर्ने रोगसम्वन्धि अहिले नीति जोगीको झोला जस्ते छरपस्ट रुपमा रहेकाले यसलाई एकीकृत रुपमा ल्याउनुपर्ने बताए ।

मुटुरोग विशेषज्ञ डा.प्रकाश राज रेग्मीले नसर्ने रोगमा पनि मुटुको रोग सवैभन्दा खतरनाक र प्राणघातक रुपमा आइरहेको जानकारी दिए ।
नेपाल हार्ट फाउन्डेसनले ग्रामीण क्षेत्रमा गरेको एक सर्वेक्षणले ९५ प्रतिशत जनतालाई मुटुरोगबारे थाहा नभएको रिपोर्ट आएको जानकारी दिए । कार्डिभास्कुलर डिजिज अर्थात मुटु रोगका गर्भवतीको मृत्यु भइरहेको दृष्टान्त पेश गरे ।

गुल्मीको तम्घासमा विपन्नको सिफारिस माग्दा ५ हजार घुस मागेको घट्ना आफूहरुसँग रहेको र विपन्नको नाममा धनीले फाइदा उठाइरहेको उनले बताए ।

मुटुका अत्यावश्यक औषधी पनि सरकारले उपलव्ध नगराएको र औषधी व्यवस्था विभागले औषधी बजारमा उपलव्ध गराउन अप्ठ्यारो पारिरहेको पनि उनले जानकारी दिए ।

मधुमेह रोग विशेषज्ञ डा.प्रदिप कृष्ण श्रेष्ठले नेपालीहरुको पेटमा सेतो बोसोको मात्रा वढेका कारण इन्सुलिनले काम गर्न छाडेको र मधुमेह देख्न थालेको बताए । कुपोषणका कारण प्याँक्रियाज वढ्न नसक्दा गरीबलाई पनि मधुमेहले नछोड्ने उनले जानकारी दिए । पेट ठूलो हुँदा इन्सुलिनले काम गर्न नसकेपछि बिटा सेल मर्दै जाने र बिटासेल मरेपछि सुगर वढ्न थाल्ने उनको कथन छ ।

वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जनस्वास्थ्यविद किशोर प्रधानाङ्गले नेपालमा १ लाखको हाराहारीमा क्यान्सर रोगीले उपचार गरिरहेको र महिलामा वढी क्यान्सर वढी देखिएको बताए ।

विपन्नलाई १ लाख सहयोग दिंदैमा केही नहुने भएकाले ५ लाख पु¥याउनुपर्ने माग उनले गरे । विहार र चेन्नइमा जस्तै नेपालमा पनि सुर्ती, पान मसला सवै प्रतिवन्ध गर्नुपर्ने पनि उनले माग राखेका थिए ।
आयुर्वेद चिकित्सक डा.सरिता श्रेष्ठले आयुर्वेदको नियमलाई पालना गर्न सके कुनै पनि प्रकारको नसर्ने रोग नलाग्ने बताए ।

जनस्वास्थ्य अभियन्ता प्रा.डा.शरद वन्तले सरुवा रोग घटेर नसर्ने रोग वढेको नभइ नसर्ने रोगको संख्या वढेको जानकारी दिए । यसलाई ख्याल गर्न नगरीकन नीति बनाइयो भने झन खतरा हुने बताउँदै नसर्ने रोगका लागि अन्तराष्ट्रिय स्तरमा नै पैरवी गर्नुपर्ने बताए ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अल्कोहोल पोलिसीमा ७५ प्रतिशत शिशीमा खतराजन्य चित्र राख्नुपर्ने बताए ।

वि.सं.२०७५ असोज २५ बिहीवार २०:४६ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...