२६ असोज, मुस्ताङ । ङिस्याङ गाउँपालिका– १ भ्राताङमा छ स्याउ फार्म । चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए । गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे ।
यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ । स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ ।
इटाली र सर्बियाबाट ल्याइएका दुई प्रजातिका स्याउलाई ठिमाहा बनाइएको छ ।
वर्णसंकर भएकाले यी बिरुवा अरू जस्तो अग्ला र मोटा भने छैनन् । तिनले दुई वर्षदेखि फल दिइरहेका छन्। वयस्क भइसकेपछि भने प्रत्येक बोटमा कम्तीमा ३० देखि ३५ किलो फल्ने गुरुङको भनाइ छ । यसमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज २६ शुक्रवार ०७:२३ मा प्रकाशित