२६ असोज, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ ।
आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो ।
आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको छ ।
त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको हो । राजधानी दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज २६ शुक्रवार ०७:५९ मा प्रकाशित