back

टेलिफोन गर्दा पालोः फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ शुल्क

वि.सं.२०७५ असोज २६ शुक्रवार

306 

shares
GLOBAL IME AD
NTC AD

२६ असोज, काठमाडौँ । हातहातमा मोबाईलले देशभर ल्यान्डलाईन मोबाईलको प्रयोग कम हुदैँ गएको छ । अझ ईन्टरनेटले त एउटै घरको वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ ।
तर, हुम्लाको नाम्खा गाउँपालिका स्थित लिमि गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन । ‘एउटै फोन छ, जिमि क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ । पालो कुरेर बस्छौँ’, स्थानीय निमछिरिङ तामाङले भने, ‘त्यो पनि दिउँसो घाम लागेको बेला मात्रै चल्छ । बिहान बेलुका काम गर्दैन ।’
लिमिमा नेपाल टेलिकमको एउटा भिस्याट फोन छ । त्यसकै भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए । लिमि क्षेत्रमा तिल, हल्जीर जाङ गरी तीन गाउँ बस्दै आएका छन् । तीनै गाउँमा दुई सय ७५ परिवार बस्दै आएका छन् । तीनै गाउँमा एक एक थान भिस्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ तिर्ने गरेको स्थानीयले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार ०८:२७ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...