back

टेलिफोन गर्दा पालोः फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ शुल्क

वि.सं.२०७५ असोज २६ शुक्रवार

573 

shares

२६ असोज, काठमाडौँ । हातहातमा मोबाईलले देशभर ल्यान्डलाईन मोबाईलको प्रयोग कम हुदैँ गएको छ । अझ ईन्टरनेटले त एउटै घरको वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ ।
तर, हुम्लाको नाम्खा गाउँपालिका स्थित लिमि गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन । ‘एउटै फोन छ, जिमि क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ । पालो कुरेर बस्छौँ’, स्थानीय निमछिरिङ तामाङले भने, ‘त्यो पनि दिउँसो घाम लागेको बेला मात्रै चल्छ । बिहान बेलुका काम गर्दैन ।’
लिमिमा नेपाल टेलिकमको एउटा भिस्याट फोन छ । त्यसकै भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए । लिमि क्षेत्रमा तिल, हल्जीर जाङ गरी तीन गाउँ बस्दै आएका छन् । तीनै गाउँमा दुई सय ७५ परिवार बस्दै आएका छन् । तीनै गाउँमा एक एक थान भिस्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ तिर्ने गरेको स्थानीयले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार ०८:२७ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...