२७ असोज, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ थाक्रे गाउँपालिका–१ मानेडाँडामा शुक्रबार राति बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै दुर्घटनामा ३ जना घाईते भएका छन् ।
दुर्घटनामा घाइते भएका तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
वि.सं.२०७५ असोज २७ शनिवार ०९:३७ मा प्रकाशित